+
+
Shares

गगन नेतृत्वको कांग्रेसले यसरी छान्दैछ १६५ उम्मेदवार

गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहँदा उम्मेदवार छनोटमा जुटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:४२

२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहँदा उम्मेदवार छनोटमा जुटेको छ ।

पार्टीका एक पदाधिकारीका अनुसार विशेष महाधिवशेनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार छनोटको काम सुरु गरेको हो ।

‘निर्वाचन आयोगमा पार्टी आधिकारिकताको काम बाँकी नै छ । तर, आयोगले त निर्णय छिटै दिइहाल्छ । अहिले निर्णय कुरेर उम्मेदवार छनोट गर्ने भन्ने समय छैन,’ ती पदाधिकारीले अनलाइनखबरसँग भने, ‘हामी ३ जना पदाधिकारी र २ केन्द्रीय समिति रहेको बोर्ड बनाएर उम्मेदवारको छनोटको काम अघि बढाएका छौँ ।’

यो कांग्रेसले विभाजन हुनुपूर्वनै सिफारिस भएर आएकामध्येबाट उम्मेदवार छनोट गर्ने जनाएको छ ।

‘१६५ क्षेत्रबाटै सिफारिस भएको नाममाथि छलफल गरिरहेको छ । तीन चरणमा छनोटको काम भइरहेको छ । पहिलो चरणमा सर्वसम्मत सिफारिस भएकाको लिस्ट उतार्दै छौँ । सर्वसम्मत सिफारिस भएकामध्ये पनिकेही चुनाव नलड्ने घोषणा गरेका छन् उनीहरूको नाम पनि हटाउँदै लिस्ट बनाउँदै छौँ ,’ उनले भने, ‘दोस्रो, जसको नाम सिफारिस भएको छ उनीहरूमाथि कुनै विवाद छैन, इस्यु छैन भन्ने निर्क्यौल गर्दैछौँ । तेस्रो, सिफारिसमै विवाद भएका क्षेत्र र उम्मेदवारको नाममाथि छलफल गरेर त्यसलाई सर्टलिस्ट गर्दैछौँ ।’

सर्टलिस्ट भएको नामहरूमाथि अध्ययन गरेर सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितको बैठकले प्रारम्भिक सूची तयार पार्नेछ ।

‘जुन प्रारम्भिक सूची तयार हुन्छ त्यो सूचीलाई संसदीय बोर्डमा छलफल हुन्छ र अन्तिम रुप दिइन्छ,’ उनले थपे, ‘भोलि मध्याह्नसम्म प्रारम्भिक नाम छनोट हुन्छ । भोलि नै अपराह्न बस्ने बैठकपछि फलानो क्षेत्रको उम्मेदवार फलानो भन्ने तय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?