News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गर्नुभएको छ।
- निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई वैधता दिएको र विधि, विधान स्थापित भएको सभापति थापाले बताउनुभएको छ।
- सभापति थापाले कांग्रेसले चुनावी गठबन्धन नगर्ने प्रतिवद्धता जनाएको र गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गर्नुभएको छ।
२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् ।
भुईँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनले स्पष्ट पारेका छन् । कार्यकर्ताको चाहना अनुसार निर्णय गर्ने सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।
निर्वाचन आयोगको निर्णयसँगै विधि, विधान र पद्दति स्थापित भएको सभापति थापाले जनाएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।
विशेष महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् । ‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।
पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा नेताहरुले यो प्रक्रियालाई सहज रुपमा ग्रहण गर्ने विश्वास सभापति थापाले लिएका छन् । पार्टी बाहिर रहेको पङ्तिप्रति सभापति थापाको संकल्प छ,‘विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ । आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।’
लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभापति थापाले कांग्रेसको मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । चुनावी गठबन्धन नगर्ने प्रतिवद्दता पार्टी पङ्तिसँग गरेका छन् । चुनावी तालमेललाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै सभापति थापाले गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया 4