+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

गोरखाको चुनावी प्रतिवद्धता पूरा नगरी रुकुमपूर्व लागे प्रचण्ड

यसअघि २०७९ मंसिर ४ को निर्वाचनमा उनी गोरखा २ बाट उठेका थिए । कांग्रेससँगको गठबन्धनमा उनले चुनाव जिते । तर चुनाव अघि उनले गरेका प्रतिवद्धता पूरा गर्न उनी असफल देखिए ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ माघ ४ गते १०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्व क्षेत्र रोजेका छन्।
  • प्रचण्डले २०७९ मंसिर ४ को निर्वाचनमा गोरखा २ बाट चुनाव जितेका थिए तर चुनावअघि गरेका प्रतिवद्धता पूरा गर्न असफल देखिएका छन्।
  • उनले बन्द रहेको गोरखकाली रबर उद्योग, पालुङ्टार एयरपोर्ट र बूढीगण्डकी जलविद्युत आयोजना संचालन गर्ने प्रतिवद्धता चुनाव जितेपछि पूरा नगरेको आलोचना भइरहेको छ।

४ माघ, गोरखा । हरेक निर्वाचनमा क्षेत्र फेरिरहने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुमपूर्व पुगेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् ।

यसअघि २०७९ मंसिर ४ को निर्वाचनमा उनी गोरखा २ बाट उठेका थिए । कांग्रेससँगको गठबन्धनमा उनले चुनाव जिते । तर चुनावअघि उनले गरेका प्रतिवद्धता पूरा गर्न उनी असफल देखिए ।

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग र पालुङ्टार एयरपोर्ट संचालनमा ल्याउने उनको चुनावी एजेण्डा थियो । प्रत्येक भाषणमा उनले प्रतिवद्धता जनाउँथे । तर चुनाव जितेर गएसँगै ती एजेण्डाहरू सेलाए । उनका भाषणहरूमा समेत प्राथमिकतामा परेनन् । आफैँ प्रधानमन्त्री हुदाँ समेत रबर उद्योग र पालुङटार एयरपोर्ट संचालनका लागि उनले चासो दिएनन् ।

‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ, पालुङटार एयरपोर्टलाई पुनः संचालन गर्दै व्यवस्थित गरिनेछ,’ चुनाव लक्षित उनको प्रतिवद्धता पत्रमा उल्लेख थियो । तर चुनाव जितेसँगै यी प्रतिवद्धतालाई प्रचण्डले भुले ।

बूढीगण्डकी जलविद्युत आयोजना पनि उनको चुनावी एजेण्डामध्येको एक हो । निर्माण कार्य तत्काल अघि बढाउने उनको त्यो प्रतिवद्धता बोलीमा मात्र सिमित बन्न पुग्यो । आयोजनाको अवस्था अहिले पनि उस्तै छ ।

उत्तरी गोरखाको चुमनुब्री  र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषण गर्न पहल गर्ने समेत उनले भन्न भ्याएका थिए । तर चुनाव जिते पश्चात ती एजेण्डामा उनी प्रवेश नै गर्न चाहेनन् । गाइखुर-च्याङली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्यअगाडि बढाउने उनको चुनावी एजेण्डा पनि भाषणमा मात्र सिमित बन्यो ।

चुनाव अघिका प्रतिवद्धताहरू चुनाव जितेसँगै ओझेलमा परेपछि आलोचना समेत हुन थालेको छ । त्यही क्षेत्रमा अहिले नेकपाबाट लेखनाथ न्यौपाने उठ्ने भएका छन् । प्रचण्डले न्यौपानेलाई टिकट हस्तान्तरण गरिसकेका छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?