+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

निर्वाचन तालिका स्थगन माग गर्न आयोग जाँदै देउवा समूह

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न निर्वाचन आयोग जान लागेको छ।
  • देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती आयोग जानेछन् ।
  • देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटको प्रमाणीत पत्र लिएर आयोग जान लागेको उनले बताए।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ ।

देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जाँदैछन् ।

‘हामीले केहीबेरअघि सर्वोच्चमा दायर गरेको रिटको प्रमाणित पत्र लिएर उहाँहरू निर्वाचन आयोग जानुहुन्छ,’ उनले भने ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि माघ ६ गते मनोनयनको तालिका छ ।

पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापासहितको कार्यसमिति निर्वाचित भएको छ । यसलाई निर्वाचन आयोगले आधिकारिकता रहेको निर्णय सुनाइसकेको छ ।

देउवा समूहले आयोगको निर्णय खारेज गर्न माग गर्दै आजमात्रै रिट दायर गरेको छ । पेसी माघ ६ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?