फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिइरास्वपा केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्।
- रास्वपा केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेको छ।
- बालेन र पार्टी सभापति रवि लामिछाने आज जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।
४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने बताएका छन् ।
उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।
बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् ।
जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न बालेन, पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आज जनकपुर जाने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4