+
+
Shares

गगन-शेखर मिलेर जाने सहमति भइसक्यो : सुनिल शर्मा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति गगनकुमार थापा र नेता शेखर कोइरालाबीच मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता सुनिल शर्माले गगनकुमार थापा र शेखर कोइरालाबीच पार्टी एकताका लागि मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन्।
  • शर्माले शेखर कोइरालाले पार्टी बचाउन आफूले सर्वस्वहरण गरेको उल्लेख गर्दै पार्टी फुट्न नदिन आग्रह गरेका छन्।
  • उनले कांग्रेसका सबै समूहले गगन थापा नेतृत्वमा एकताबद्ध भएर निर्वाचनमा विजयी हुनुपर्ने बताए।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति गगनकुमार थापा र नेता शेखर कोइरालाबीच मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला समूहको भेलापछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले दुई नेताबीच मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका हुन् ।

‘शेखर दाहरू गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । उहाँहरूलाई पार्टी फुटेको मन परेको होला, होइन । उहाँहरूको त पार्टी बनाउन कति वर्ष जेल बस्नुभएको छ, सर्वस्वहरण भएको छ,’ उनले भने, ‘आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनुपर्छ । पार्टी बचाउन लागिरहनुभएको छ ।’

नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागिपरेको बताए । निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?