+
+
Shares

चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १९:१७

चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गरेका छन्।

अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा छन् ।

‘गम्भीर डढेलोको सामना गर्न मैले न्यूबल र बायोबायो क्षेत्रहरूको लागि प्राकृतिक प्रकोपको स्थिति घोषणा गर्ने निर्णय गरेको छु,’ वामपन्थी राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भनेका छन् ।

आगलागीबाट कसैको मृत्यु भएको छ वा कति घरमा क्षति पुगेको छ भन्ने बारेमा सरकारले केही बताएको छैन ।

‘नेसनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’ की निर्देशक एलिसिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई करिब २० हजार व्यक्तिलाई उद्धार गरिएको बताइन् ।

उनले भनिन्, ‘लगभग ६० हजार जनसङ्ख्या रहेको पेन्को र लिर्केनको बिबियो नगरहरूमा अधिकांश विस्थापित भएका छन्।’

स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखिएका छन् ।

हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ।

सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिममा भिना डेल मार शहर नजिकै एकैसाथ धेरै स्थानमा आगलागी भएका छन् । उक्त आगलागीमा कम्तीमा १३८ जनाको मृत्यु भएको थियो।

ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?