+
+
Shares

उज्यालो पार्टीका संरक्षक उपाध्याय परिवर्तन पार्टीको एक नम्बर सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो पार्टीका संरक्षक अनुपकुमार उपाध्यायलाई समानुपातिक सूचीको खसआर्य पुरुषतर्फ एक नम्बरमा राखेको छ।
  • कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीले नेतृत्व परिवर्तनपछि रास्वपाबाट आएका नेताहरु राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा परेका छन्।
  • उपाध्याय उज्यालो पार्टी अध्यक्ष हुँदा पार्टी रास्वपामा मिसिएको थियो र उनीसहितका नेताहरु रास्वपाको समानुपातिक सूचीमा थिए।

४ माघ, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालका संरक्षक अनुपकुमार उपाध्यायलाई राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिक सूचीको एक नम्बरमा राखेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेका बन्दसूचीमा उपाध्याय खसआर्य पुरुषतर्फ एक नम्बरमा छ । उज्यालो पार्टीले नेतृत्व परिवर्तन गरेर कुलमानलाई ल्याउनुअघि उपाध्याय अध्यक्ष थिए ।

उपाध्याय अध्यक्ष हुँदा नै रास्वपामा यो पार्टी मिसिएको थियो । त्यसबेला उपाध्यायसहित उज्यालो पार्टीका नेताहरू रास्वपाको समानुपातिक सूचीमा बसेका थिए ।

मन्त्रीबाट घिसिङले राजीनामा दिएपछि रास्वपाबाट अग्गिएर उज्यालो पार्टीमै सक्रिय हुने निर्णय गरेका थिए ।

यो निर्णय लगत्तै घिसिङ तर्फका नेताहरु रास्वपाको समानुपातिक सूचीबाट हटेका थिए । अहिले आयोगले सार्वजनिक गरेको सूचीमा उनीहरु प्रिवर्तन पार्टीको समानुपातिक सूचीमा प्राथमिकतमा परेका छन् ।

उपाध्याय खसआर्य पुरुषको एक नम्बरमा हुँदा महेन्द्र सुन्दर लावती आदिबासी जनजाति पुरुषतर्फ एक नम्बरमा छन् । दोस्रो नम्बरमा डकेन्द्रसिंह थेगिम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?