News Summary
Generated by OK AI. Editorially reviewed.- मानवशास्त्री डोरबहादुर बिष्टको १००औँ जन्मोत्सवको अवसरमा उनको पुस्तक \'फेटालिजम एन्ड डेभलपमेन्ट\'को नयाँ आवरण सार्वजनिक गरिएको छ।
५ माघ, काठमाडौं । मानवशास्त्री डोरबहादुर बिष्टको १००औँ जन्मोत्सवको अवसरमा उनको चर्चित पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’को नयाँ आवरण सार्वजनिक गरिएको छ । आजै ललितपुरस्थित उनको घरमा आयोजित कार्यक्रममा छोरा केशरबहादुर बिस्टले आवरण लोकार्पण गरेका हुन् ।
घरमा भेला भएका शुभेच्छुकसमक्ष बिष्टले राज्यले नै प्राध्यापक बिष्टको जन्मोत्सव मनाउनुपर्ने तर वास्ता नगरेको गुनासो गरे । ‘त्रिभुवन विश्वविद्यालयले मनाउने गरेको थियो । सयपटक त्रिभुवन विश्वविद्यालको कपाल दुःखेन’ उनले भने, ‘अब सम्पूर्ण किताबको पुन: प्रकाशनसँगै नयाँ पाठकले उहाँलाई सम्झनुहुनेछ ।’
बिष्टका बारेमा बनेको डकुमेन्ट्री ‘इन टू द मिस्ट’का निर्देशक सचिन घिमिरेले केही महिनाअगाडि अमेरिकाको हार्भर्डलगायतका विभिन्न पाँच विश्वविद्यालयमा गएर डकुमेन्ट्री देखाएको कथा सुनाउँदै भने, ‘अमेरिकामा सोताला उपन्यासमा चलचित्र बनाउने रुचि भएका नेपाली पनि भेटिए ।’
बिष्टको जन्मोत्सवको अवसरमा बुकहिलले प्रकाशन गर्न लागेको ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ किताबको नमुना प्रति बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले हस्तान्तरण गरेका थिए। ‘रिपोर्ट फ्रम ल्हासा’को नेपाली अनुवाद ‘ल्हासाको खबर’ प्रकाशन गरेको बुक हिलले बिष्टका अरू सबैजसो किताब प्रकाशन वा पुनःप्रकाशन गर्ने खड्काले जानकारी दिए ।
२०५२ पुसमा कर्णाली छोडेका बिष्ट त्यसपछि बेपत्ता छन् । २०५४ चैत १२ मा पत्नीविगोग भएको समाचार जताततै आउँदा पनि बिष्ट घरमा आएका थिएनन् ।
प्रतिक्रिया 4