५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले नवनिर्वाचित सभापति गगन थापासँगको सहकार्यबारे खण्डन गरेको छ ।
उनको सचिवालयले सभापति थापासँग मिलेर जाने समाचारमा कुनै सत्यता नभएको प्रष्ट्याएको छ ।
‘जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन,’ स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।
उनले आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको पनि बताए ।
‘देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ,’ उनले भने, ‘तर, कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4