+
+
Shares

सङ्खुवासभामा कांग्रेसबाहेकका दलले टुंग्याए उम्मेदवार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा कांग्रेसबाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्गाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाहेकका प्रमुख दलले उम्मेदवार टुङ्गाएका छन्।
  • नेकपा एमालेबाट डा.अर्जुन कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा उम्मेदवार घोषित भएका छन्।
  • जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता र एक सय ९ मतदान स्थल रहेका छन् भने कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक गरेका छैनन्।

५ माघ, संखुवासभा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा कांग्रेसबाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्गाएका छन् ।

जिल्लामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित दलले धमाधम उम्मेदवारको टुङ्गो लगाएका छन् ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलका सबै नयाँ अनुहारका उम्मेदवार देखिएका छन् ।

एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा नेकपा एमालेबाट प्रतिनिधिसभा डा.अर्जुन कार्कीलाई उम्मेवार टुङ्गो लगाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्काको नाम टुङ्गो लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा, नेकपा माओवादी (विप्लव)बाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमादेवी राई तथा राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राई रहेका छन् ।

ठूलादल कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक नगर्दा अन्य दलहरू भने आआफ्नो तयारी तीव्र बनाउँदै मैदानमा उत्रिएका छन् ।

२२ वटा दल सक्रिय रहेको सङ्खुवासभामा यसपटकको निर्वाचन नयाँ अनुहार र वैकल्पिक राजनीतिक धारका कारण थप चासोको विषय बनेको छ ।

जिल्लामाएक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?