५ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने भएको छ ।
लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले वलीलाई पार्टीले टिकट दिएको जानकारी दिए ।
३३ वर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन् । पार्टीले टिकट दिने निश्चित भइसकेपछि वलीले पदबाट राजीनामा दिएका छन् ।
२१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि रोल्पाबाट सभापति (तत्कालीन महामन्त्री) गगनकुमार थापालाई पहिलो नम्बरमा राखेर सिफारिस गरिएको थियो ।
यहाँबाट प्रदेश सभापति पुनसँगै नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, ज्ञानबहादुर वली र डा. मन्दीप सुवेदी पनि सिफारिसमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4