+
+
Shares

गोरखामा प्रेम खत्री र प्रकाशचन्द्र दवाडी कांग्रेसका उम्मेदवार

नेपाली कांग्रेसले गोरखाको दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । संसदीय बोर्डको बैठकले गोरखा १ मा प्रेम खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडीको नाम टुंगो लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले गोरखा १ मा प्रेम खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ।
  • गोरखा २ मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेका मिलन गुरुङ र नेकपाका लेखनाथ न्यौपाने पनि चुनाव लड्दैछन्।
  • फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ र भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले गोरखाको दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । संसदीय बोर्डको बैठकले गोरखा १ मा प्रेम खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडीको नाम टुंगो लगाएको हो । दुवै उम्मेदवार व्यवसाय र सामाजिक सेवामा संलग्न छन् । गोरखा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वप्रधानमन्त्री  डा बाबुराम भट्टराई, नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) नेकपाबाट लेखनाथ न्यौपाने पनि चुनाव लड्दैछन् ।

गोरखा १ मा एमालेका आरसी लामिछाने, नेकपाका हरि अधिकारी पनि उम्मेदवार छन् । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?