+
+
Shares

उम्मेदवारी दिएपछि महावीर पुन: कुनै पार्टीको पुच्छर बन्दिनँ

कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलेले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
  • उनले कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको र ३५ वर्षसम्म पुराना पार्टीले ढंग नल्याएको बताए।
  • पुनलेले पार्टीहरूले सम्पर्क गरिरहे पनि कसैको कुरा नसुन्ने र नयाँले ढंग ल्याउने बताए।

६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि उनले भने, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्न । परनोले सकनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’

३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएको उनको भनाइ छ । स्वतन्त्र उम्मेदवारी दिएपनि उनलाई पार्टीहरूले सम्पर्क गरिरहेका छन् । तर पुनले कसैको कुरा नसुन्ने बताए ।

‘यो स्थितिमा कोही पार्टीको कुरा सुन्दिन । सुनेर फाइदा छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?