+
+
Shares

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १२:४०

६ पुस, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले नेपालभरिका धेरै विद्यालयमा भए गरेका राजनीति हटाउन अभिभावकले नै आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

‘नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,’उनले लेखेका छन्, ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ ।’

पुनले विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने बताएका छन् । ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस्’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?