+
+
Shares

मधेशका पूर्वमुख्यमन्त्री यादवले पाएनन् टिकट

विजय सिंह विजय सिंह
२०८२ माघ ६ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले महोत्तरी क्षेत्र नं ४ का लागि एकल सिफारिस भएका सरोजकुमार यादवलाई टिकटबाट वञ्चित गरेको छ।
  • एमालेले पूर्वमुख्यमन्त्री यादवको सट्टा निलम अधिकारीलाई टिकट दिएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए।
  • अध्यक्ष यादवले भने, 'पार्टीको निर्णय सबैले मान्नैपर्छ' र यस विषयमा विवाद नरहेको बताए।

६ माघ, महोत्तरी । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं ४ का लागि एकल सिफारिस भएका सरोजकुमार यादव टिकटबाट वञ्चित भएका छन् ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री यादवलाई एमालेले अन्तिममा टिकट रोकेको हो । पार्टीले निलम अधिकारीलाई टिकट दिएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए ।

‘सरोजकुमार यादवलाई पार्टीले ब्याक गरेर निलम अधिकारीलाई अघि सारेको छ । पार्टीको निर्णय सबैले मान्नैपर्छ । यसमा विवाद छैन,’ अध्यक्ष यादवले भने ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादव अहिले पनि प्रदेश सभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?