News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन्।
- पुनले लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् र प्रस्तावकमा जोखबहादुर महरा छन्।
- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्ती मगर र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनले पनि उम्मेदवारी दर्ता कार्यक्रममा सहभागिता जनाएका थिए।
६ माघ, रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् ।
पुनले मंगलबार सदरमुकाम लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पुनको प्रस्तावकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा र समर्थकमा राष्ट्रियसभा सदस्य झक्कु सुवेदी छन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्ती मगर, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायत सहभागी थिए ।
पूर्वअर्थमन्त्री पुन तेस्रोपटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा विजयी भएका थिए ।
प्रतिक्रिया 4