७ माघ, विराटनगर । राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा मोरङका तीन वटा क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
मोरङ क्षेत्र नम्बर ५ बाट केन्द्रीय अध्यक्ष योगेन्द्र मण्डलले उम्मेदवारी दर्ता गरेका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मण्डल सोही क्षेत्रबाट ‘चापाकल’ चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनपछि मण्डलकै नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी गठन भएको थियो । निर्वाचन आयोगबाट पार्टीले चुनाव चिन्ह ‘चापाकल’ नै लिएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट सो पार्टीका केन्द्रीय सदस्य मनोजकुमार राजवंशीले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट भुवनकुमार वाग्लेलाई उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष मण्डलले पार्टीको तर्फबाट तीन वटा क्षेत्रमा मात्रै मनोनयन गरिएको छ ।
प्रतिक्रिया 4