+

टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक, एभरेस्ट क्लबले नखेल्ने

२०८२ माघ  ७ गते २०:१७ २०८२ माघ ७ गते २०:१७
टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक, एभरेस्ट क्लबले नखेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइगर ग्रुप अफ पोखराले छैटौं टाइगर कप भलिबलको खेलतालिका बुधबार सार्वजनिक गरेको छ।
  • महिलातर्फ एभरेस्ट भलिबल क्लब नखेल्ने भएपछि पाँच टोली मात्र सहभागी हुने भएका छन्।
  • प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ।

७ माघ, पोखरा । छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो ।

यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ ।

एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका हुन् ।

प्रतियोगिता यही माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्सको टिमबीच खेल हुनेछ र गण्डकी र एपीएफबीच दोस्रो खेल हुनेछ ।

यस्तै महिलातर्फ पहिलो दिन न्यु डायमण्ड युथ स्पोर्ट्स क्दब र त्रिभुभवन आर्मी क्लबबीच खेल हुनेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय