News Summary
Generated by OK AI. Editorially reviewed.- डिफेन्डिङ च्याम्पियन होबार्ट हरिकेन्सले बिग ब्यास लिग क्रिकेटको च्यालेन्जरमा प्रवेश गरेको छ।
- होबार्टले मेलबर्न स्टार्सलाई डीएल पद्दतिका आधारमा ३ रनले पराजित गरेको हो।
- होबार्टले अब फाइनल प्रवेशका लागि सिड्नी सिक्सर्ससँग खेल्नेछ।
७ माघ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन होबार्ट हरिकेन्स बिग ब्यास लिग क्रिकेटको च्यालेन्जरमा प्रवेश गरेको छ। बुधबार भएको नकआउट खेलमा मेलबर्न स्टार्सलाई हराउँदै होबार्ट च्यालेन्जरमा प्रवेश गरेको हो ।
होबार्टले मेलबर्नलाई डीएल पद्दतिका आधारमा ३ रनले पराजित गर्यो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा होबार्टले ५ विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो ।
त्यसपछि फेरि ७ ओभरमा झारिएको खेलमा मेलबर्नले जितका लागि ८५ रनको लक्ष्य पाएको थियो । ४ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो ।
जो क्लार्कले १७ बलमा ३१ रन बनाए । हिल्टन कार्टराइट ४ बलमा १५ रन बनाएर अविजित रहे । ग्लेन म्याक्सवेल अन्तिम ११ बल मात्र बाँकी हुँदा ब्याटिङमा आएका थिए । ४ बलमा ९ रन बनाएर अविजित रहे ।
होबार्टका लागि राइली मेरेडिथले २ तथा मिचेल ओवेनले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको होबार्टले १० ओभरमा ११४ रन बनाउँदा बीउ वेबस्टरले २६ बलमा ४७ रन बनाएका थिए । निखिल चौधरीले ११ बलमा २४ रन बनाएका थिए ।
मेलबर्नका लागि ह्यारिस रउफले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, टम करान र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।
सुरुवाती ४ खेल लगातार जितेको मेलबर्नले त्यसपछि ३ खेल हारेको थियो । यद्यपी त्यसपछिका ३ मध्ये २ खेल जितेर प्लेअफमा भने पुगेको थियो ।
होबार्टले अब फाइनल प्रवेशका लागि सिड्नी सिक्सर्ससँग खेल्नेछ । पर्थ स्कोर्चस बीबीएलको फाइनलमा पुगिसकेको छ ।
हालसम्म उपाधि नजितेको एकमात्र टोली मेलबर्न स्टार्सले उपाधिका लागि कम्तीमा एक वर्ष अझै कुर्नुपर्ने भएको छ ।
प्रतिक्रिया 4