+

टी-२० विश्‍वकप : बंगलादेशको पक्षमा उभियो पाकिस्तान

२०८२ माघ  ७ गते १२:५५ २०८२ माघ ७ गते १२:५५
टी-२० विश्‍वकप : बंगलादेशको पक्षमा उभियो पाकिस्तान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान क्रिकेट बोर्डले आईसीसीलाई पत्र लेख्दै बंगलादेशको भारतमा खेल्न नचाहने अडानलाई समर्थन गरेको छ।
  • आईसीसीले बुधबार टी–२० विश्वकप २०२६ को तालिका नबदल्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने अडान दोहोर्‍याएको छ।
  • बंगलादेश सरकारले पनि भारत भ्रमण नगर्ने निर्णयलाई समर्थन गरेको र बुधबार अन्तिम निर्णय हुने म्याद तोकेको छ।

७ माघ, काठमाडौं । आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ ।

आईसीसीलाई पत्र लेख्दै पीसीबीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को भारतमा खेल्न नचाहने अडानलाई समर्थन गरेको जनाएको छ। पीसीबीले उक्त पत्र आईसीसी बोर्डका सदस्यहरूलाई पनि पठाएको छ।

बीसीबीले भारतमा सुरक्षा चिन्ता रहेको भन्दै आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको छ। यस विषयमा आईसीसीले बुधबार बोर्ड बैठक बोलाएको भए पनि आईसीसीले अहिलेसम्म विश्वकपको तालिका नबदल्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने अडान दोहोर्‍याएको छ।

बंगलादेश सरकारले पनि भारत भ्रमण नगर्ने निर्णयलाई समर्थन गरेको छ। दुबै पक्षबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। बुधबारलाई अन्तिम निर्णयको म्याद तोकिएको छ, जुन प्रतियोगिता सुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो।

बीसीसीआईको निर्देशनमा कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई टोलीबाट हटाएपछि यो विवाद सुरु भएको थियो । त्यसपछि बंगलादेश सरकारले आधिकारिक रूपमा भारतमा खेल नखेल्ने अडान लिँदै आएको छ ।

-क्रिकइन्फोबाट

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप २०२६ पाकिस्तान क्रिकेट बोर्ड बंगलादेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय