+
+
Shares

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १६:२४
फाइल तस्वीर

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन् । पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए ।

नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?