+
+
Shares

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ।

८ माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो ।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?