News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय हुम्लाले ८ माघमा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना भन्दै आउजाउ नगर्न आग्रह गरेको छ।
- नाम्खा गाउँपालिका-६ को न्यालु लेक, लिमी लाप्चा र नारा लेक क्षेत्रमा आउजाउ नगर्न प्रशासनले अनुरोध गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गरेपछि प्रशासनले उच्च सर्तकता अपनाउन भनेको छ।
८ माघ, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाको हिमाली क्षेत्रमा आउजाउ नगर्न आग्रह गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरी उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएको भन्दै आउजाउ नगर्न भनेको हो ।
जिल्लाको नाम्खा गाउँपालिका-६ को लिमी क्षेत्रमा पर्ने न्यालु लेक, लिमी लाप्चा र नारा लेकमा आउजाउ नगर्न प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले सचेत गराएको हो ।
हिमपात हुने सम्भावना भएपछि उच्च सर्तकता अपनाउन प्रशासनको अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4