+
+
Shares

यौनिक तथा लैंगिक अल्पसंख्यककी पिंकी ओखलढुंगाबाट चुनाव लड्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १८:१२

८ पुस, ओखलढुंगा । यौनिक तथा लैंगिक अल्पसंख्यक पिंकी राई चुनावी मैदानमा छिन् । उनी समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

उनको उम्मेदवारीले जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई नेतृत्व गर्ने अवसरका रूपमा हेरिएको छ ।

लामो समयदेखि बहिष्करण र विभेद् भोग्दै आएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज संसद्मा पुर्‍याउने उद्देश्यले आफू चुनावी मैदानमा होमिएको राईको भनाइ छ ।

राईको उम्मेदवारीलाई समावेशी र प्रतिनिधिमूलक राजनीतितर्फको महत्त्वपूर्ण कदमका रूपमा लिन सकिन्छ ।

समावेशी समाजवादी पार्टीले देशभरका छ वटा निर्वाचन क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?