+
+
Shares

यो निर्वाचन देश बनाउने र बिगार्ने बीचको जनमत संग्रह : एमाले नेता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:०६

९ माघ, तनहुँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री किरण गुरुङले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन देश निर्माण गर्ने र बिगार्ने शक्तिबीचको जनमत संग्रह रहेको बताएका छन् ।

गृह जिल्लामा नेता कार्यलाई सम्बोधन गर्दै गुरुङले नयाँ र पुराना नाम दिएर राजनीतिक पार्टीलाई कित्ताकाट गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

उनले देश जलाउने र विभिन्न आरोपमा जनतालाई आक्रमण गर्नेहरूलाई आतंककारी र विदेश शक्तिबाट परिचालित भएको दाबी गर्दै निर्वाचनबाट यस्ता व्यक्तिहरूलाई परास्त गर्नुपर्ने बताए ।

उनले आम नेपालीलाई वास्तविकता बुझाउने गरी जनताबीच एकताबद्ध भएर जानुपर्ने भन्दै देश, न्याय र लोकतन्त्रका लागि लड्नेहरूको बारे फैलाएको भ्रम चिर्नुपर्ने आवश्यकता देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?