News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
- देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए र ५ जनाविरुद्ध दाबी विरोध परेको थियो।
- दाबी विरोधमा १ जनाको खारेज भएको र अन्य ४ जनाको यथावत रहेको आयोगले जनाएको छ।
९ माघ, काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उनले भने ।
त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4