८ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका ८ जनाले चुनावलाई शान्तिपूर्ण बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रतिस्पर्धी आठ उम्मेदवारले मतदान प्रक्रिया शान्तिपूर्ण, विश्वासिलो, पारदर्शी बनाउन प्रतिबद्ध रहेको जनाएका हुन् । निर्वाचनको प्रचारप्रसार मर्यादित र सौहार्दपूर्ण हुने उनीहरूले जनाएका छन् ।
एक उम्मेदवारले अर्को उम्मेदवारविरुद्ध व्यक्तिगत जीवनका विषयमा टिका टिप्पणी नगर्ने प्रतिबद्दता गरेका छन् ।
संयुक्त वक्तव्य निकाल्नेहरूमा नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेकपाका प्रकाशबहादुर शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी) का भुपेन्द्र विक, प्रलोपाका दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही छन् ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4