+
+
Shares

सल्यानमा नेकपाका मल्ललाई आजपाका उम्मेदवारको समर्थन

उम्मेदवारी फिर्ता लिएका कामीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टी सल्यानका उम्मेदवार मानसिंङे कामीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिएका छन्।
  • कामीलले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन्।
  • मल्ल र कामीबीच राजनीतिक स्थायित्व, आर्थिक क्रान्ति, भ्रष्टाचार अन्त्य र लघुवित्त पीडितका माग समाधानका लागि ३ बुँदे सहमति भएको छ।

९ माघ, सल्यान । आम जनता पार्टी सल्यानका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आम जनता पार्टीका उम्मेदवार मानसिंङे कामीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका कामीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन् ।

उम्मेदवारी फिर्तासँगै मल्ल र कामीबीच ३ बुँदे सहमति पनि भएको छ । मल्ल र कामीले हस्ताक्षर गरेको सहमति पत्रमा राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिका लागि राजनीतिक व्यथिति, वितीतिय शोषण र भ्रष्टाचारको अन्त्य गर्न दुवै पक्ष प्रतिवद्ध रहने, लघुवित्त पीडितहरूका माग र समस्याहरू समाधान गर्न संघर्ष समितिले उठाएका मागहरु समाधान गर्न पहल गर्नेलगायत सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?