+
+
Shares

पाल्पामा १६ जनाको उम्मेदवारी कायम

पाल्पा क्षेत्र नं २ मा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १६:२६

९ माघ, पाल्पा । पाल्पा क्षेत्र नं २ मा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अब यहाँ १६ जना उम्मेदवार कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गत माघ ६ गते १४ दल र ३ स्वतन्त्रसहित १७ जनाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि १६ जनाकाे कायम भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय तानसेनले जनाएकाे छ । भण्डारीले एमालेका उम्मेदवार ठाकुर गैरेलाई समर्थन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?