५ माघ, पाल्पा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही-२ बाटै उम्मेद्वार बन्ने भएपछि पाल्पा-२ मा रामबहादुर राउतले टिकट पाएका छन् ।
गत शनिबार बेलुका पाल्पा-२ बाट पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार भने एकल सिफारिस भएको रूपन्देही-२ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
पौडेल आफ्नो पुरानै क्षेत्रमा फर्किने भएपछि पाल्पा-२ मा राउतले टिकट पाएका हुन् । पाल्पा-२ मा राउतसँगै ठाकुर गैरे र नारायणी शर्माको नाम सिफारिस भएको थियो । पौडेल आफ्नै क्षेत्र फर्किँदा गैरेले स्थान पाउने बताइए पनि पाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4