+
+
WC Series
Nepal Women
41/1 (4.3)
VS
९३ बलमा ८९ रन आवश्यक
Zimbabwe Women
129/6 (20)
Shares

वीरगञ्जमा महानगरले ‘रेलवे म्युजियम’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १४:५९

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ ।

महानगरकोे गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।

वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना, सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुन:प्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।

यसक्रममा आज उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना, झाडी, अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

उक्त अवसरमा मेयर सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताए ।

नेपालमा रेल सेवाको सुरुवात वीरगञ्जबाट भएको ऐतिहासिक तथ्यलाई भावी पुस्तासम्म पुर्‍याउन रेल्वे म्युजियम आवश्यक रहेको बताए ।

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गालाई सफा र व्यवस्थित बनाउँदै निर्माणका लागि उपयुक्त वातावरण तयार पार्ने उद्देश्यले सरसफाइ गरिएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?