+
+
Shares

सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, सूचीमा रविदेखि पियुषसम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक गरेको छ।
  • ती विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्य लगायत छन्।
  • ती व्यक्तिले ३५ दिनभित्र साँवा ब्याजसहित रकम तिर्नुपर्ने र नसकेमा सम्पत्ति दाबी गरी कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

११ माघ, काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ ।

यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् ।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ । अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ ।

सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो ।

सो सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विवरण –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?