११ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पर्यटकहरूको फेक रेस्क्यूबारे अनुसन्धानको प्रगति विवरणबारे जानकारी गराउने भएको छ ।
त्यसका लागि सीआईबीले आजै साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, लाजिम्पाटस्थित सीआईबीको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
‘नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकहरूको फेक रेस्क्यू सम्बन्धी अनुसन्धानको प्रगति विवरणबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4