+

फिफा फुटबल सिरिज : नेपाली महिला टिमले चारदेशीय प्रतियोगिता खेल्ने

२०८२ माघ  ११ गते १७:२३ २०८२ माघ ११ गते १७:२३
फिफा फुटबल सिरिज : नेपाली महिला टिमले चारदेशीय प्रतियोगिता खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले सन् २०२६ मा १२ वटा फुटबल सिरिज आयोजना गर्ने जनाएको छ जसमा नेपालकी महिला फुटबल टिमले थाइल्याण्डमा हुने सिरिजमा खेल्नेछ।
  • महिला फुटबलतर्फ थाइल्याण्ड, नेपाल, कंगो र ओसियाना क्षेत्रको टिम गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ आठ देशले नौ सिरिज आयोजना गर्नेछन्।
  • फिफाले सिरिजले राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्ने अवसर दिने र फुटबलको प्राविधिक विकास तथा संगठनात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

१० माघ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा फिफा फुटबल सिरिज अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जनाएको छ । जसमा नेपालको महिला फुटबल टिमले पनि एक सिरिज अर्थात प्रतियोगिता खेल्ने तय छ ।

एसियाली राष्ट्र थाइल्याण्ड आयोजक रहने उक्त प्रतियोगितामा थाइल्याण्डसँगै नेपाल, कंगो र ओसियाना क्षेत्रको एक टिम गरी चार राष्ट्रले खेल्नेछन् ।

महिलातर्फ २०२६ मा तीन सिरिज हुनेछन् । ल्याटिन अमेरिकी राष्ट्रिय ब्राजिलमा हुने सिरिजमा ब्राजिलसहित दक्षिण कोरिया क्यानडा र जाम्बियाले खेल्नेछन् भने आइभरीकोष्टले आयोजना गर्ने सिरिजमा आइभरीकोष्टसहित मौउरिटानिया, पाकिस्तान र टर्क्स एण्ड साइकोस आइल्याण्डले खेल्नेछन् ।

यसैगरी पुरुषतर्फ कूल ९ वटा सिरिज हुनेछ भने विभिन्न ८ देशले आयोजना गर्नेछन् ।

सन् २०२६ मा कूल १२ वटा फुटबल सिरिज हुने फिफाले जनाएको छ ।

फिफा सिरिज २०२६ फिफाको ग्लोबल गेमका लागि रणनीतिक उद्देश्यहरू:- २०२३–२०२७ सँग पूर्ण रूपमा समन्यव रहेको फिफाले जनाएको छ ।

यस सिरिजले अन्तर्राष्ट्रिय खेल तालिकामा थप खेलहरू नथपिकनै राष्ट्रिय टोलीहरूलाई विभिन्न महासंघबीच प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्का साथै प्राविधिक विकास, संगठनात्मक क्षमता अभिवृद्धि र विश्वव्यापी आदान–प्रदानलाई प्रवर्द्धन गर्न सहयोग गर्ने पनि फिफाले जनाएको छ ।

यस्तै फिफा सिरिजले मैदान बाहिरको समग्र फुटबल विकासलाई पनि निरन्तर सहयोग गर्ने फिफाको विश्वास छ ।

नेपाली महिला फुटबल टोली फिफा फुटबल सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय