+

राष्ट्रिय लिगमा चर्च ब्वाइजको पहिलो जित

२०८२ माघ  ११ गते २१:२७ २०८२ माघ ११ गते २१:२७
राष्ट्रिय लिगमा चर्च ब्वाइजको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
  • अबायोमी फाकुनलेले दुई गोल र मिलन राईले एक गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेका थिए।
  • चर्च ब्वाइजले तीन खेलबाट ४ अंक जोडेको छ भने जावलाखेलको तीन खेलमा ३ अंक मात्र छ।

११ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा चर्च ब्वाइजको यो पहिलो जित हो र ३ खेलबाट चर्च ब्वाइजले ४ अंक जोडेको छ । जावलाखेलको भने तीन खेलमा यो दोस्रो हार हो । तीन खेलबाट जावलाखेलको ३ अंक मात्र छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अबायोमी फाकुनलेले दुई गोल गरेपछि चर्च ब्वाइजले सानदार जित हात पारेको हो । अर्को एक गोल मिलन राईले गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।

फाकुनलेले ५३औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मिलनले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । फाकुनलेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

चर्च ब्वाइजले पहिलो खेलमा श्री भगवतीसँग बराबरी खेल्दै राष्ट्रिय लिग सुरु गरेको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।

उता जावलाखेल पहिलो खेलमा लालिगुराँस एसोसिएसनसँग पराजित भएको थियो भने दोस्रो खेलमा श्री भगवतीलाई पराजित गरेको थियो ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय