+

राष्ट्रिय लिग : लगातार तेस्रो खेल जित्दै एपीएफ शीर्ष स्थानमा

२०८२ माघ  ११ गते २०:०९ २०८२ माघ ११ गते २०:०९
राष्ट्रिय लिग : लगातार तेस्रो खेल जित्दै एपीएफ शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफले राष्ट्रिय लिग फुटबलमा संकटा क्लबलाई २-१ ले पराजित गर्दै लगातार तेस्रो जितसहित शीर्ष स्थानमा उक्लेको छ।
  • एपीएफका प्रदिप लामाले २९औं र युवराज खड्काले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
  • एनआरटीले फ्रेण्ड्स क्लबलाई १-० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ र ९ अंक जोडेको छ।

११ माघ, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

लिग अन्तर्गत आइतबार दशरथ रंगशालमा भएको खेलमा एपीएफले संकटा क्लबलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

एपीएफका लागि प्रदिप लामाले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । युवराज खड्काले ५१औं मिनेटमा गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

संकटाका गणेश हमाले ८१औ मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

लगातार तेस्रो जितपछि एपीएफ ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एपीएफसहित लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले लगातार तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेका छन् ।

संकटाको चार खेलमा यो पहिलो हार हो । यसअघि सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबसँग बराबरी खेलेको संकटाले कांक्रेविहार युवा क्लबलाई पराजित गरेको थियो । संकटाले चार खेलबाट ५ अंक जोडेको छ ।

आइतबारै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले फ्रेण्ड्स क्लबलाई १-० ले पराजित गरेको छ । एनआरटीको पनि यो लगातार तेस्रो जित हो ।

पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएको एनआरटीले त्यसयता सातदोबाटो युथ क्लब, कांक्रेविहार युवा क्लब र फ्रेण्ड्सलाई हराएको हो ।

एनआरटीले पनि ४ खेलबाट ९ अंक नै जोडेको छ । गोलअन्तरका आधारमा एपीएफ शीर्षमा छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

एपीएफ क्लब राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय