+
+
Shares

त्रिविको शुल्क पुनरावलोकन गर्न कार्यदल गठन, ताला खोल्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते २२:१५

११ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ । त्रिविको ४ वटा विभागको शुल्क घटाउन माग राखेर अखिल क्रान्तिकारीले १८ पुसदेखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीले माग गरेको हो ।

त्यसैले त्रिविले कार्यदल गठन गरेको हो ।

‘शुल्कको सम्वन्धमा विश्वविद्यालयले शुल्क पुनरावलोकन कार्यदल गठन गरी सो कार्यदलले आफ्नो कार्य अगाडी बढाईसकेको हुँदा मिति २०८२/१०/१२ गते बिहान ८:०० वजेसम्म ताला खोल्ने कार्य गर्नु हुन विश्वविद्यालय सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछ । अन्यथा सम्मानित अदालतको आदेश पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हुने भएकोले मिति २०८२ असार १८ गतेको अन्तरिम आदेश बमोजिम प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने बेहोरा समेत जानकारी गराइन्छ,’ त्रिविको निर्देशनमा भनिएको छ ।

तालाबन्दीका कारण विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिकी दिनका काम कारवाहीमा अवरोध भइरहेको छ ।

‘यस प्रकारका कार्य सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको सिधै बर्खिलाप हुन गई सम्मानित अदालतको आदेशको अवहेलना जन्य समेत हुने विश्वविद्यालयको ठहर छ,’ निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?