+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

तात्यो पर्सा-३ को चुनावी माहोल, पुरानालाई नयाँ उम्मेदवारको टक्कर

थारू समुदायको बाक्लो बसोबास रहेको पर्सा–३ मा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।

सफल खतिवडा सफल खतिवडा
२०८२ माघ १२ गते १३:२६
बायाँबाट क्रमशः सुरेन्द्र चौधरी, छोटेलाल यादव, रामाकान्त चौरसिया र रुपेश पाण्डे ।

१२ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।

पर्साका चार वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा पुराना अनुभवी र नयाँ अनुहारहरू मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बनेको छ । यो क्षेत्रमा ९६ हजार ५४२ मतदाता छन् ।

खासगरी थारू समुदायको बाक्लो बसोबास रहेको पर्सा–३ मा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुरेन्द्रप्रसाद चौधरी यस क्षेत्रका अनुभवी राजनीतिक खेलाडी हुन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने नवप्रवेशीलाई उम्मेदवार बनाएका छन् ।

कांग्रेसका चौधरीसामु अन्य दलका नवप्रवेशी उम्मेदवारहरू राजनीतिक रूपमा कमजोर देखिए पनि उनलाई नयाँ उम्मेदवारले टक्कर दिन सक्ने चर्चा हुन थालेको छ ।

२०४८ सालदेखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका चौधरीलाई अनुभवी र रणनीतिमा पोख्त राजनीतिज्ञका रूपमा लिइन्छ । तर २०७९ को निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्तासँग १६५ मतको झिनो अन्तरले पराजित भएका थिए ।

सो निर्वाचनमा गुप्ताले २४ हजार ३१७ मत प्राप्त गर्दा चौधरी २४ हजार १५२ मतमा सीमित भएका थिए ।

चार पटक सांसद निर्वाचित भएका र पटक–पटक मन्त्री भइसकेका चौधरी नेपाली कांग्रेस पर्साका पूर्वसभापति समेत हुन् । वौद्धिक र इमान्दार छवि भएका चौधरीसँग विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको अनुभव छ ।

कांग्रेसका सबै गुट एकजुट भएर चुनावी अभियानमा लागेमा चौधरीको जित सहज देखिन्छ । तर आन्तरिक असमझदारी वा अन्तर्घातको सम्भावना रहेमा विगतकै पुनरावृत्ति हुनसक्ने जोखिम पनि उत्तिकै रहेको त्यहाँका मतदाताहरू बताउँछन् ।

यसपटक चौधरी अघिल्लो निर्वाचनमा गुमेको सिट पुन: हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । थारू समुदायको बाहुल्यता र नेपाली कांग्रेसको मजबुत संगठनात्मक आधार उनका लागि मुख्य बलका रूपमा रहेको छ । तर उनको अगाडि सबैभन्दा ठूलो चुनौती भनेको पार्टी भित्रको आन्तरिक एकता नै हो ।

कांग्रेसका सबै गुट एकजुट भएर चुनावी अभियानमा लागेमा चौधरीको जित सहज देखिन्छ । तर आन्तरिक असमझदारी वा अन्तर्घातको सम्भावना रहेमा विगतकै पुनरावृत्ति हुनसक्ने जोखिम पनि उत्तिकै रहेको त्यहाँका मतदाताहरू बताउँछन् ।

एमालेले भने यसपटक पुराना नेता राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा मुछिएर पुर्पक्षका लागि कारागार पुगेपछि विकल्पका रूपमा युवा व्यवसायी रुपेश पाण्डेलाई नयाँ अनुहारका रूपमा अघि सारेको छ ।

उम्मेदवार बन्नु केही दिनअघि मात्रै टिकट सुनिश्चित गरेका पाण्डेको विगतको पृष्ठभूमि राजनीति भने होइन । उनी काठमाडौंमा बसेर व्यापार–व्यवसाय गर्दै आएका व्यक्ति हुन् । उनी उम्मेदवारी दर्ता हुनुभन्दा केही समय अघिदेखि मात्र पार्टी गतिविधिमा सक्रिय देखिएका थिए ।

कतिपयले उनलाई अवसरको खोजी गर्दै मैदानमा उत्रिएको उम्मेदवारको रूपमा व्याख्या गर्ने गरेका छन् । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार गुप्ताले प्राप्त गरेको मतलाई पाण्डेले कति जोगाउन सक्छन् भन्ने कुराले नै उनको चुनावी भविष्य निर्धारण गर्नेछ ।

पर्साको पकहामैनपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय पाण्डेले स्नातकसम्म अध्ययन गरेका छन् । उनको पारिवारिक पृष्ठभूमि भने काग्रेस हो । उनका बुबा वृजमोहन पाण्डे २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पकहामैनपुर गाउँपालिका–२ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यस्तै यो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का छोटेलाल यादव बलियो रूपमा अघि आएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पृष्ठभूमिका नेताहरूको ठोस समर्थन पाएपछि उनले यस क्षेत्रमा प्रभावशाली उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि एउटै अनुहारलाई मतदान गर्दै आएका र विकल्पको खोजीमा रहेका मतदाताहरूका लागि यादव विश्वासिलो विकल्पका रूपमा देखिन सक्छन् । यादवले चौधरीलाई कडा चुनौती दिन सक्ने आकलन छ ।

यादवले एमाले अखिलबाट राजनीति सुरु गरेका हुन् । २०५२ सालमा अखिलको आठौं जिल्ला अधिवेशनबाट सदस्य बनेका यादवलाई २०५३ फागुन १४ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाही गरी हटाइएको थियो ।

जिल्लाकै चर्चित निर्माण व्यवसायी चौरसियाले कांग्रेसको मत तान्ने शक्ति लगाइरहेका छन् । लामो समयसम्म नेपाल निर्माण व्यवसायी संघ पर्साको नेतृत्व गरेका चौरसिया पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।

त्यसपछि २०६० सालमा उनी तत्कालीन नेकपा माओवादी पार्टीमा प्रवेश गरे । माओवादीमै रहेर राजनीति गरिरहेका यादव २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरी चुनाव लडे र पराजित भए ।

उनले दल फेर्दै संसद् छिर्ने कोसिस त गरे, तर सफलता हात लागेन । २०७३ सालमा उनी फेरि माओवादीमै फर्किए ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी पार्टी गठबन्धनबाट पर्सा–३ (ख) बाट प्रदेशसभा सदस्यमा यादव पराजित भए । २०७९ मा पनि ३ कै (क) बाट निर्वाचन लडेका उनी फेरि पराजित भए ।

नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका निर्माण व्यवसायी रामाकान्तप्रसाद चौरसिया पनि चुनावी मैदानमा छन् । ठेकेदार पृष्ठभूमिबाट आएका रास्वपा उम्मेदवार चौरसियालाई स्थानीय मतदाताको मन जित्न त्यति सहज भने छैन ।

जिल्लाकै चर्चित निर्माण व्यवसायी चौरसियाले कांग्रेसको मत तान्ने शक्ति लगाइरहेका छन् । लामो समयसम्म नेपाल निर्माण व्यवसायी संघ पर्साको नेतृत्व गरेका चौरसिया पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।

चौरसियाले रास्वपाको ब्रान्ड र घन्टीको लहर प्रयोग गरेर कति मत तान्न सक्छन् भन्ने चासो सर्वत्र छ ।

पर्सा–३ मा जय मातृभूमि पार्टीबाट उम्मेदवार बनेका राजकुमार यादव पनि यस क्षेत्रको पुराना चर्चित अनुहार हुन् । २०७० सालदेखि लगातार निर्वाचन लड्दै आएका यादव अहिलेसम्म निर्वाचित नभए पनि उनी नतिजा ‘उलटफेर’ गर्ने उम्मेदवारको रूपमा परिचित छन् ।

प्रत्येक निर्वाचनमा सम्माजनक मत पाएका यादवको यसपटक उम्मेदवारीले पनि निर्वाचनमा नयाँ परिणाम ल्याउने आशा गरिएको छ ।

निर्वाचन आयोगले यस क्षेत्रका लागि ४७ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र निर्धारण गर्दै चुनावी तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । तयारी तीव्र बन्दै जाँदा उम्मेदवारहरू मतदाताको समर्थन जुटाउन घरदैलो कार्यक्रमदेखि चुनावी सभा–सम्मेलनमा सक्रिय भएका छन् ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?