+
+
Shares

भजन संस्कृतिको ट्रेन्डसँगै महाशिवरात्रि नयाँ शैलीमा मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी फागुन ३ मा नेपालका युवाहरूको पहलमा महाशिवरात्रि आध्यात्मिक–सांगीतिक उत्सवका रूपमा आयोजना हुने भएको छ।
  • यज्ञशाला फाउन्डेसनले ११औं भजन साँझ निरन्तरता दिने र यसलाई कन्सर्ट शैलीमा प्रस्तुत गर्ने जनाएको छ।
  • कार्यक्रममा शास्त्रीय तथा समकालीन भजन–कीर्तन, कथक नृत्य र सामूहिक चेतनाको अनुभव समावेश गरिनेछ।

१२ माघ, काठमाडौं । आगामी फागुन ३ (फेब्रुअरी १४) मा मनाइने यस वर्षको महाशिवरात्रि नेपालका युवाहरूको पहलमा आध्यात्मिक–सांगीतिक उत्सवका रूपमा आयोजना हुने भएको छ।

यज्ञशाला फाउन्डेसनले निरन्तर सञ्चालन गर्दै आएको भजन साँझलाई यसपटक पनि निरन्तरता दिने भएको हो। यो यज्ञशालाको ११औं भजन साँझ हो।

कार्यक्रमलाई दर्शकलाई गहिरो आध्यात्मिक अनुभूति दिलाउने गरी डिजाइन गरिएको आयोजकले जनाएको छ। भजन–कीर्तनलाई कन्सर्ट शैलीमा प्रस्तुत गर्दै आध्यात्मिकता र सांगीतिक अनुभूतिको संयोजन गरिनेछ।

यसअघि प्रज्ञा डबलीमा आयोजित भजन साँझमा करिब ६ सयभन्दा बढी सहभागिता रहेको थियो। पछिल्लो समय ‘भजन क्लबीङ’को ट्रेन्ड बढ्दै जाँदा काठमाडौंलगायत विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू आयोजना हुन थालेका छन्।

यसपटक लोकप्रिय बन्दै गएको ‘भजन साँझ’लाई अझ विस्तार गर्दै महाशिवरात्रिलाई शास्त्रीय तथा समकालीन भजन–कीर्तन, कथक नृत्य र सामूहिक चेतनाको अनुभवमार्फत प्रस्तुत गरिने यज्ञशालाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?