+
+
Shares

घण्टी बजाएर केही हुनेवाला छैन, देशीविदेशी शक्तिको लगानी छ : प्रचण्ड

बालेन र हर्कलाई गणतन्त्रको फूल भन्ने प्रचण्डले फेरे बोली

उनले बालेनको नाम नलिइकन घण्टी बजाउँदै मतदाताको मन खिच्न खोजे पनि समाधान नदिने तर्क गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १८:२७

१३ माघ, काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बालेन र हर्क साम्पाङलाई लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका दुई सुन्दर फूलको उपमा दिएका थिए । तीन वर्षपछि उनले आफ्नो पोजिसन बदलेका छन् । प्रचण्डले २०७९ जेठमा संसद्‍मा बोल्दै बालेनको प्रशंसा गरेका थिए ।

चुरे भावर पार्टीलाई आफू संयोजक रहेको हालको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन गर्न मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले बालेन, हर्कको नाम त लिएनन् । तर नयाँ उदाएका शक्तिलाई स्टन्ट गरेका भरमा लोकप्रिय भइरहेको, घण्टी बजाएको भरमा, सोसल मिडियामा लेखेको भरमा केही नहुने उनले बताए ।

उनले यस्ता शक्तिलाई अघि बढाउन देशीविदेशी शक्तिले ठूलो लगानी गरेको आरोप समेत लगाए ।

‘इतिहास, विचार, राजनीतिक मूल्यमान्यतामा आधारिक आन्दोलनलाई संगठित गर्ने आवश्यकता महसुस भएको छ, नत्र त स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशीविदेशी शक्तिहरूले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौं,’ कार्यक्रममा प्रचण्डले भने, ‘अहिले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको छ । सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ ।’

उनले बालेनको नाम नलिइकन घण्टी बजाउँदै मतदाताको मन खिच्न खोजे पनि समाधान नदिने तर्क गरे ।

प्रचण्डले थपे, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्ट मच्चाएको भरमा नेपाली जनताको दिमाग चाट्ने काम भइरहेको छ । त्यसैले वैचारिक आन्दोलनलाई झन् बढी संगठित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?