+
+
Shares

काठमाडौंमा पनि हल्का वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते ९:३४

१४ माघ, काठमाडौं । आज का७माडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।

पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ । तर, जति पूर्व गयो त्यति कम प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद\ बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।

उनका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय सबैतिर हल्का वर्षा हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?