News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालय उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ऽ माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा हुँदैछ ।
- प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, टेबल टेनिस र बास्केटबल गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ ।
- प्रतियोगितामा ६४ आंगिक क्याम्पसका करिब ८५० खेलाडी, २०० प्रशिक्षक र १५० निर्णायक सहभागी हुनेछन् ।
१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, टेबल टेनिस र बास्केटबल गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्स दशरथ रंगशालमा, बास्केटबल दशरथ रंगशाला कभर्डहलमा, टेबल टेनिस लैनचौरमा, भलिबल जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र ब्याडमिन्टन डल्लु आवासस्थित बहुउद्देश्यीय कभर्डहलमा खेलाइने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय (एसडब्लुएसडी)को आयोजनामा हुने खेलकुद प्रतियोगिता माघ १४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
टेबल टेनिस खेल लैनचौरस्थित कभर्डमा हुनेछ भने ब्याडमिन्टन डल्लु आवासस्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलाइनेछ ।
यस्तै एथलेटिक्सतर्फको खेल दशरथ रंगशालामा हुनेछ भने बास्केटबल (३×३) दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा खेलाइनेछ । भलिबल प्रतियोगिता जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, जावलाखेलमा हुनेछ ।
भलिबलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । भलिबलमा एक टिममा १० खेलाडी हुनेछन् ।
यस्तै बास्केटबलमा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गराइनेछ । यो खेल थ्री बाई थ्री फर्म्याटमा हुनेछ ।
यसैगरी ब्याडमिन्टन महिला र पुरुष दुवैमा सिंगल्स र डबल्स विधामा खेल हुनेछ ।
एथ्लेटिक्सतर्फ ट्रयाक इभेन्टमा १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर नतथा फिल्ड इभेन्टतर्फ लङजम्प र सटपुट इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्समा एक टिममा महिलातर्फ ४ र पुरुषतर्फ ४ खेलाडी सहभागि हुनेछन् ।
एथलेटिक्सतर्फ एक खेलाडीले दुई वटा ट्र्याक इभेन्ट र एउटा फिल्ड इभेन्ट वा दुई वटा फिल्ड इभेन्ट र एउटा ट्र्याक इभेन्ट मा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका ६४ वटै आंगिक क्याम्पसहरूको सहभागिता रहने यस प्रतियोगितामा करिब ८५० भन्दा बढी खेलाडी, २०० भन्दा बढी प्रशिक्षक/टिम म्यानेजर, तथा १५० भन्दा बढी निर्णायक, प्राविधिक पदाधिकारी र खेल संघ प्रतिनिधिहरू प्रत्यक्ष रूपमा संलग्न हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताले त्रिभुवन विश्वविद्यालयमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले उपकुलपति कप विश्वविद्यालयस्तरमा खेलकुद प्रतिभाको पहिचान, विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।
यस प्रतियोगिताबाट विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान विद्यार्थी खेलाडीहरू छनोट गरी चार दिनको बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ ।
बन्द प्रशिक्षणबाट छनोट भएका खेलाडीहरूलाई यही माघ २२-२३ गते काठमाडौंमा आयोजना हुने तेस्रो विश्वविद्यालय स्तरिय राष्टिय खेलकुद प्रतियोगितामा २०८२ मा त्रिभुवन विश्वविद्यालयको तर्फबाट सहभागिता गराइने पराजुलीले जानकारी दिए ।
साथै अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने पनि आयोजकले जनाएको छ।
प्रतिक्रिया 4