+

१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने

२०८२ माघ  १३ गते १९:४३ २०८२ माघ १३ गते १९:४३
१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द एक्सेल्सियर स्कुलको आयोजनामा १३ माघदेखि १२औं एक्सेल्सियर कपमा ८२ टिमले बास्केटबल र फुटसलमा भाग लिने भएका छन्।
  • बास्केटबलको तीन विधामा २६ र फुटसलको चार विधामा ५६ टिम सहभागी हुनेछन् भने यू–१२ विधा पहिलोपटक थपिएको छ।
  • प्रतियोगिता सञ्चालनमा करिब १२ लाख रुपैयाँ खर्च हुनेछ र खेलहरु स्वयम्भुस्थित आयोजककै हातामा हुनेछन्।

१३ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् ।

बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइज/गर्ल्समा समान १०–१० तथा यू–१२ गर्ल्समा ६ टिम सहभागी हुने छन् । सिनियर ब्वाइज/गर्ल्समा कक्षा १० तथा यू–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने छन् ।

गत संस्करण सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम च्याम्पियन बनेका थिए ।

छात्रा खेलाडीको सहभागितालाई व्यापक बनाउदै उनीहरुलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यू–१२ विधा पहिलोपटक थपिएको प्रिन्सिपल रजकले बताए ।

‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । यू–९ मा ८, यू–११ मा १७, यू–१३ मा १८ र यू–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१३ मा एक्सेल्सियर र यू–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता संयोजक समेत रहेका एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासँगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेलहरु स्वयम्भुस्थित आयोजककै हातामा हुनेछ ।

१२औं एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय