+
+
Shares

हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १४:४०

१४ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।

फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल (बेंशी) मै रहेन भएकाले त्यस्ता ठाउँहरूको मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको हो ।

गृह मन्त्रालयका एक अधिकृतका अनुसार, २१ फागुनमा पनि अधिकांश मानिस तल नै हुने भएकाले उच्च हिमाली क्षेत्रको मतदानस्थल नै सार्नेबारे गृहकार्य सुरु गरिएको हो ।

यसबारे सुरक्षा निकायसँग समन्वय गरेर काम सुरु गरिएको छ ।

सुरक्षाकर्मीहरू पनि त्यतिबेलासम्म तल नै हुने भएको हुँदा मतदानस्थल नै सारेर निर्वाचन गराउन सकिनेबारे अहिले गृहकार्य सुरु गरिएको ती अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?