१४ माघ, काठमाडौं । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरिएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
सो अवसरमा उनले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेश गरिएको बताए ।
प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्युनिकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउने लगायतका विषयहरू समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4