News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३-२०८६/८७ कार्यान्वयनमा ल्याएको छ।
- रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म वित्तीय क्षेत्रको जीडीपीमा योगदान ७.५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
- रणनीतिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर प्रयोगबाट विद्युतीय कारोबार संख्या ३ गुणाले वृद्धि गर्ने प्रक्षेपण गरेको छ।
१४ माघ, काठमाडौं । सरकारले ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३-२०८६/८७) कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रिपरिषद्बाट हालै स्वीकृत रणनीतिले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य राखेको छ ।
रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म उक्त क्षेत्रको योगदान जीडीपीमा ७.५ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो । २०८१/८२ सम्म जीडीपीमा वित्तीय क्षेत्रको योगदान ६.६५ प्रतिशत छ ।
यो अवधिमा बैंकहरूबाट प्रवाहित कृषि कर्जा कुल कर्जाको १२.८४ प्रतिशत रहेकोमा बढाएर १५ प्रतिशत पुर्याउने लक्ष्य रणनीतिले लिएको छ ।
यो अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर लगायत प्रयोग मार्फत विद्युतीय कारोबार संख्या ३ गुणाले वृद्धि हुनेसमेत रणनीतिको प्रक्षेपण छ । यो अवधिमा ग्रिन बन्डजस्ता विशिष्टिकृत बन्ड जारी भई वित्तीय स्रोत संकलन लक्ष्य राखिएको छ ।
कुल जनसंख्याको ६० प्रतिशत नागरिकमा बीमा पहुँच विस्तार लक्ष्य राखिएको छ । रणनीति कार्यान्वयन गर्न दुई महिनाभित्र अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र निकायहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ । जसमा रणनीति, काम, समयसीमा, कार्यान्वयन निकाय, प्राथमिकता र कार्यसम्पादन सूचक समावेश गरिने भएको छ ।
प्रतिक्रिया 4