News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा झरेको छ।
- नेप्सेमा १ सय ७० कम्पनीको सेयर मूल्य घटेको र ८५ कम्पनीको बढेको नेप्सेले जनाएको छ।
- बिहीबार ३ सय २० कम्पनीको १४ अर्ब ५६ करोड रुपैयाँ बराबर ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ।
१५ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो ।
बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्बभन्दा धेरैको कारोबार भएको थियो । बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ पुगेको नेप्सेले जनाएको छ ।
आगामी २१ फागुनको निर्वाचनका लागि खर्चको जोहो गर्न सेयर मूल्य घटेर पनि सेयर बिक्री गरेको अनुमान लगानीकर्ताहरूको छ । सेयर मूल्य घटे पनि कारोबार रकमका कारण सकारात्मक देखिने लगानीकर्ता बजार प्रवेश गर्ने आशामा छन् ।
बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंक घटेको छ । यस दिन नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।
त्यसैगरी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबार हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।
तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार सूचकमा पर्न सकेन ।
बिहीबार नेप्सेमा ३ सय २० कम्पनीको १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबर ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ११ करोड बरारको सेयर किनबेच भएको थियो ।
प्रतिक्रिया 4