+
+
Shares

३ महिने छोराको हत्या आरोपमा बाबु पक्राउ

पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १२:२८

१६ माघ, काठमाडौं । मदिरा सेवन गरी तीन महिने छोराको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै तीन महिने छोराको हत्या गरेको आरोप छ ।

सन्तबहादुरले मादक पदार्थ सेवन गरी सुवासको बुधबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?