+
+
Shares

गृहमन्त्रीले गरे भक्तपुरका निर्वाचन कार्यालय निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १६:४८

१८ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् ।

आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको बारेमा जानकारी गराएका हुन् ।

गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरे । छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठूलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।

यस्तै, आजै, गृहमन्त्री अर्याल भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको पनि अनुगमन गरे । माघ ८ गतेको मध्य राति सुधारगृहमा भएको आगजनी र तोडफोडपछि गृहमन्त्री आइतबार सुधार गृहको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेका हुन् ।

गृहमन्त्री अर्यालले सो घटना पश्चात् अहिले सो सुधार गृहमा रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नुवाकोटमा रहेको कारागारभित्रको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?